विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपालले आजको खेलका लागि निम्न सुरुआती ११ खेलाडी मैदानमा उतारेको छः

नेपालको स्क्वार्ड

विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।