

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको छ ।
सोमबार बिहान टीके–७२६ कलसाइनको विमान अवतरण गर्ने क्रममा चक्काबाट आगो निस्किएको हो । घटना लगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेको दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो ।
घटनापछि सुरक्षा सतर्कताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार रहेका थिए । साथै, विमानमा संयुक्त राष्ट्रसंघसँग सम्बन्धित कूटनीतिज्ञहरू पनि रहेको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको विमानस्थल स्रोतले जनाएको छ ।