उपत्यकामा २४ घण्टामा १ हजार ८ सयभन्दा बढी चालक कारबाहीमा

उपत्यकामा २४ घण्टामा १ हजार ८ सयभन्दा बढी चालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८ सय ५४ चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा चार लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय २५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय ६६ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १ सय ७९ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ७१ जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने २७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ६६ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १ सय १२ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ९ सय ४ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।