भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ । सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको दुई दिने भ्रमण हाललाई रोकिएको हो ।

नेपालमा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि भारतले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । भ्रमणका क्रममा नयाँ सरकारका प्राथमिकता तथा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको थियो ।

तर भारतले मिश्रीको अन्य कूटनीतिक तथा प्रशासनिक प्रतिबद्धताका कारण भ्रमण सारिएको जानकारी नेपाल सरकारलाई दिएको छ ।

यद्यपि भ्रमण स्थगित हुनुको वास्तविक कारणबारे नयाँदिल्लीले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन ।

यसैबीच भारतले लिपुलेक क्षेत्रबारे नेपालको दाबीप्रति असहमति जनाउँदै आएको छ । साथै नेपालतर्फ मल र पेट्रोलियम पदार्थको आपूर्ति नरोकिने पनि भारतीय पक्षले जनाएको छ ।