पारसले छोराछोरीसँग मनाए जन्म दिन

पारसले छोराछोरीसँग मनाए जन्म दिन

काठमाडौं । पूर्व युवराज पारशले आइतबार आफ्नो ४७ औं जन्म दिन मनाएका छन् । उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा छोराछोरीहरूका साथ जन्म दिन मनाएका हुन् ।

सुनाकोठी निवास पारसका भाई विकास विक्रम शाहको हो । विकास दरवार हत्याकाण्डमा ज्यान गुमाएकी अधिराजकुमारी शारदाका छोरा हुन् ।

सात रोपनी क्षेत्रफलमा फैलिएको सो निवास धीरेन्द्रकी छोरी शीताष्मा बस्दै आएकी छन् । ब्याङ्ककबाट फर्केको केही समयपछि पारसपनि बहिनीसँगै बस्दै आएका छन् ।

सुनाकोठीस्थित बंगला शीताष्मा–पारशलाई जिम्मा लगाएका विकास आफू भने महाराजगञ्जस्थित जीवनकुञ्ज पछाडिको जीरोकुञ्ज नामक आफ्नै निवासमा बस्छन् ।

केही महिना यता पारस सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा समेत सक्रिय छैनन् । लामो समयपछि जन्मदिवसमा पारस लामो कपाल र बाक्लो दारीजुँगामा देखिए ।

आफ्ना शुभेच्छुकहरूको शुमकामना ग्रहण गरिरहँदा पुत्र हृदयेन्द्र दिदी कृतिकासँगै ठीक पारशको पछिल्तिर बसेका थिए । पिता पारशले लामो कपाल पालेका बेला ह्दयेन्द्रले चाहिँ आफ्नो कपाल रंगाएका छन् ।

जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पारशका झण्डै पाँच दर्जन शुभेच्छुकहरू सुनाकोठी पुगेका थिए ।