राखेपका १९ पदाधिकारी पदमुक्त

राखेपका १९ पदाधिकारी पदमुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १९ पदाधिकारी पदमुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठ का अनुसार सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशअनुसार उनीहरू स्वतः पदमुक्त भएका हुन्।

अध्यादेशको दफा २ को उपदफा १ बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरू वैशाख १९ गतेदेखि लागू हुनेगरी पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न सार्वजनिक निकायका पदाधिकारीहरूको संरचना पुनर्गठन गर्ने उद्देश्यसहित ल्याएको अध्यादेश कार्यान्वयनमा आएपछि खेलकुद क्षेत्रको नेतृत्वमा पनि ठूलो परिवर्तन देखिएको छ।