विश्वकप लिग-२ मा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै

विश्वकप लिग-२ मा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आजकाे खेलमा नेपालका कप्तान कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले ओपनिङमा अर्जुन कुमाल र विनोद भण्डारीलाई मैदानमा उतारेको छ। टोली संयोजनमा केही परिवर्तन गर्दै आसिफ शेख र ललित राजवंशीलाई प्लेइङ–११ मा समावेश गरिएको छ भने बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाल कामी बेन्चमा राखिएका छन्।

नेपालले सशक्त सुरुआत गर्दै प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्ने लक्ष्य राखेको छ।

लिग २ मा २७ खेलमा १४ जित र १० हारको नतिजा निकालेको ओमान ३१ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ भने अर्कोतर्फ नेपाल २३ खेलमा ७ जित र १४ हारसँगै १६ अंकका साथ सातौं स्थानमा छ । नेपालपछि यूएई २४ खेलबाट १४ अंकका साथ पुछारमा छ।