जेनजी आन्दोलनका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको मन्त्रालयको निष्कर्ष

जेनजी आन्दोलनका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको मन्त्रालयको निष्कर्ष

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

उक्त विषयमा उठेको आरोपपछि मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले प्रहरी मुचुल्का, इन्धन अभिलेख (अर्धकट्टी), भुक्तानी विवरणलगायत कागजातहरूको अध्ययन तथा विश्लेषण गरेपछि इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरूको नाममा कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको आरोप सार्वजनिक भएपछि छानबिन अघि बढाइएको थियो।

मन्त्रालयले अपुष्ट र भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।