सभामुख अर्यालले दलका सचेतकहरूसँग छलफल गर्ने

सभामुख अर्यालले दलका सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

यो बैठक आज दिउँसो १२ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

प्रतिनिधिसभामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका सचेतकहरूलाई छलफलका लागि बोलाइएको हो।

छलफलमा संसद् सञ्चालन, कार्यसूची व्यवस्थापन तथा समसामयिक विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।