

काठमाडौं ।आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र यूएई राष्ट्रिय क्रिकेट टोलीबीच प्रतिस्पर्धा जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको छ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १०० रन बनाए पनि रनआउट हुन पुगे। यस्तै विनोद भण्डारीले ५६, कप्तान रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रनको योगदान दिए।
बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले समान २–२ विकेट लिए भने खुजैमा तनवीर हैदर अलीले १ विकेट लिए। यसअघि यही सिरिजको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो। अहिले यूएई २९० रनको लक्ष्य पछ्याइरहेको छ।