काठमाडौं, ११ कार्तिक । लामो समय बन्द अवस्थाको मलेसियाको रोजगारी फेरि खुल्ने भएको छ । अब नेपाली कामदारले विना लगानी मलेसिया जान पाउने भएका छन् । बन्द रहेको मलेसिया रोजगारी खोल्ने सहमतिका लागि त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन काठमाडौं आइसक्नु भएको छ ।
आज नेपालका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र मलेसियाका मन्त्री कुलेसेगरनबीच सम्झौता हुनेछ । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा आज हस्ताक्षर हुनेछ । समझदारी पछि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले ब्यहोर्नेछ । म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउनेछन् । काममा लागेपछि कामदारको आतेजाते टिकट रोजगारदाताले ब्यहोर्नेछ । ६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।