राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

काठमाडौं । रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले यसअघि संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

ती अध्यादेशहरूबारे भने राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गरिरहेका छन् ।