तेस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा

तेस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा

काठमाडौं । नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन बिहीबार ५.७३ अंकले घटेको छ ।

यससँगै नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । यसअघि बुधबार २५ अंक र मंगलबार २६ अंकले बजार घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि केही सुधार देखिएको थियो ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भयो । कुल ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत रूपमा दुईवटा सूचक मात्रै बढेका छन् । बैंकिङ समूह ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले बढेका छन् । अन्य सबै समूहका सूचक भने १ प्रतिशतभन्दा कम दरले घटेका छन् ।

विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार समूह ०.६३ प्रतिशतले घटेका छन् ।

व्यक्तिगत कम्पनीतर्फ श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशतले बढेको छ । यस्तै शिखर पावर ७.९१, एसियन हाइड्रोपावर ७.८८, रिभर फल्स पावर ४.९५ र एसवाई प्यानल ३.८१ प्रतिशतले बढेका छन् ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।