

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेशहरू सार्वजनिक सरोकारका कामलाई तीव्र बनाउन र सुशासनको प्रत्याभूति गराउन लक्षित रहेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जटिल र पुराना कानुनी प्रावधानका कारण जनहितका काममा भइरहेको ढिलाइ अन्त्य गर्न अध्यादेश आवश्यक भएको उल्लेख गरे ।
उनले विगतमा वर्षौँदेखि अल्झिएका प्रक्रियागत समस्याहरूको पहिचान गरेर त्यसको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको दाबी गरेका छन् ।
सरकारले एकपछि अर्को अध्यादेश ल्याएपछि आलोचना बढिरहेका बेला सल्लाहकार साहले सार्वजनिक रूपमा त्यसको बचाउ गरेका हुन् ।