कांग्रेस : ११ छाकको खाना र खाजाको खर्च १२ लाख

कांग्रेस : ११ छाकको खाना र खाजाको खर्च १२ लाख

काठमाडौं, ११ कार्तिक । कांग्रेस केन्द्रीय समिति बैठकमा ८५ सदस्य र केही आमन्त्रण सदस्य गरी ९० देखि ९२ सदस्य हुन्छन् । तर, १४ दिन बसेको बैठकमा खाना र खाजाको खर्च १२ लाख उठेकोप्रति एक केन्द्रीय सदस्यले नै असन्तुष्टि व्यक्त गरे ।

‘९० हाराहारी केन्द्रीय सदस्यमा १५ देखि २० जना उपस्थित हुँदैनन् । उपस्थितमध्ये कसैको व्रत हुन्छ, कोही घरमै खाना खाएर आउँछन्,’ ती केन्द्रीय सदस्यले भने, ‘१४ दिन बैठक चल्दा ११ छाक पार्टीले खाना ख्वाएको होला । तर, १२ लाख हिसाब आएको छ ।’ याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।

चैत–वैशाखमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बत्तीसपुतलीस्थित ५६ भोगले खाना ख्वाइएको थियो । केन्द्रीय सदस्यले ११ छाक खाना र खाजा र सोही बैठकआसपासका सानाखाले बैठकमा खाना र खाजा खाएबापत १२ लाख खर्च लागेको जानकारी दिइएको छ।