रुपन्देहीमा माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

रुपन्देहीमा माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा दुईवटा माइक्रो बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक लु१ख ७२८५ नम्बरको माइक्रो बस र बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो बस ठोक्किँदा दुर्घटना भएको हो। बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको ईभी सवारी साधन एकआपसमा जुधेका थिए।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न बाँकी रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।