

काठमाडौं । नेपाली बजारमा पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको थियो।
गत बुधबार पनि सुन ३ लाख ५ सय रुपैयाँमै कारोबार भएको थियो। यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यस्तै, चाँदीको भाउ पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार ५ हजार १३० रुपैयाँ पुगेको थियो।