कांग्रेस महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने

कांग्रेस महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने

काठमाडौं, १० कार्तिक । नेपाली कांग्रेसको मंसिर ५ देखि ९ सम्म हुने महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो।

अाज बसेकाे कांग्रेस पदाधिकारी र उपत्यकका तीन जिल्ला कार्य समितिको बैठकले स्थान तय गरेको हो। यसअघि केन्द्रीय कार्यसमितिको भाद्र ९ मा बसेको बैठकले महासमिति बैठकको मिति तय गरेको थियो।

यसैगरी कात्तिक १६ गते आयोजना हुने चियापान तथा शुभकामना कार्यक्रम व्यवस्थित बनाउने जिम्मेवारी सो बैठकले काठमाडौं जिल्ला कार्य समितिलाई दिएको छ।