सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको पत्र शीतलनिवास पठाइएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सरकारको सिफारिस अनुसार नै अधिवेशन स्थगनको निर्णय भएको छ ।

‘सिफारिस पत्रमा जे आएको थियो, त्यही बमोजिम निर्णय भएको छ,’ स्रोतले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।