लगातार चौथो दिन पनि नेप्से ओरालो, परिसूचक १७ अंकले घट्यो

लगातार चौथो दिन पनि नेप्से ओरालो, परिसूचक १७ अंकले घट्यो

काठमाडौं । बिहीबार पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंकले घट्दै २८०४ बाट २७८७ अंकमा झरेको छ । यससँगै बजार लगातार चौथो दिन पनि गिरावटमा गएको छ ।

कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन र व्यापार समूहमा सामान्य वृद्धि देखिए पनि अन्य अधिकांश समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।

बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लगानी, बीमा तथा माइक्रोफाइनान्स समूहहरू पनि घटेका छन् ।

यसदिन पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।