कोशीमा कांग्रेसको निर्वाचन समीक्षा आज, सभापति थापा सहभागी हुने

कोशीमा कांग्रेसको निर्वाचन समीक्षा आज, सभापति थापा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले आज विराटनगरमा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा सहभागी हुने जनाइएको छ। निर्धारित कार्यतालिका अनुसार थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुनेछ।

पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाका अनुसार प्रदेशस्तरमा संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहनेछ।