नेपालसंग २–० गोलअन्तरले भारत पराजित

नेपालसंग २–० गोलअन्तरले भारत पराजित

काठमाडौं, ९ कार्तिक । थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले आज भारतमाथि शानदार जित निकालेको छ । नेपाल २–० ले विजयी भएको छ ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गर्नुभयो । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ । नेपाल पहिलो खेलमा आयोजक थाइल्यान्डसित ३–० ले पराजित भएको थियो । नेपालले छनोटको अन्तिम खेलमा कात्तिक ११ गते पाकिस्तानसित प्रतिस्पर्धा गर्ने छ । पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । प्रत्येक समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।