पोखरा, ९ कार्तिक् । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।
उद्घाटन सत्र सकिएपछि ११ बजे खेल सुरु हुनेछ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना सुरु गर्न लागेको हो । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्न छ । यो पुरस्कार राशी सर्वाधिकको पुरस्कार राशि हो । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।