

काठमाडौं, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवाद आझ टुंगो लाग्दै छ । नेकपा एमाले र माओवादी (केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नामका विषयमा भएको विवादको फैसला निर्वाचन आयोगले आज गर्ने भएको हो ।
बुधबार दुबै पक्षसँग छलफल गरेको निर्वाचन आयोगले सहमति जुटाउन नसकेपछि बुधवार साँझै आफ्नो निर्णय सुनाउने तयारी गरेको थियो । तर त्यसदिन आयोगले आफ्नो निर्णय सुनाउन सकेन र हिजो पनि विवाद साम्य पार्न आयोगमा छलफल भएको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छलफल जारी रहेको बताउँदै आज मात्रै आयोगले निर्णय सुनाउने जानकारी दिनुभएको थियो ।