वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झा ले जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने जानकारी दिएका छन्।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो। यसअघि तय गरिएका एजेन्डाहरू अनुमोदन गर्न भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्ने कार्यसूची रहेको पनि जनाइएको छ।