

काठमाडौं, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आज शुक्रबार नयाँ दिल्ली जानु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको आयोजनामा ‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा उहाँ भारत जानु भएको हो । उद्घाटन कार्यक्रममा दाहाललाई मुख्य वक्ताको रुपमा बोलाइएको छ । फाउण्डेसन भारतको थिंक ट्यांक संस्था हो ।
इण्डिया फाउडेशनलेनेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदै आएको छ । दुई महिनाअघि पनि दाहाल भारत भ्रमणमा जानु भएको थियो ।