कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बोलाएको छ।

समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि तय गरिएको छ। कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बस्न लागेको हो।

यसअघि चैत १८ गते बसेको अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनको आरोप लागेकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।