नेपाल कम्युनिष्ट पार्टी नामको आधिकारिकताबारे आज निर्णय हुने

नेपाल कम्युनिष्ट पार्टी नामको आधिकारिकताबारे आज निर्णय हुने

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा हिजो सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । नाममा रहेको विवादबारे निर्वाचन आयोगले आज निर्णय लिने स्रोतले बताएको छ । नेपाल कम्युनिष्ट पार्टीको नामका बारेमा हिजो सम्बन्धित दलबिच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भइ आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग हिजो आयोगमा छलफल भएको थियो । आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीकाअनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन हिजो दिउँसो दुई घन्टाको समय दिएको थियो । सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ ।