नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक आज ११ बस्दैछ ।

हिजोका लागि तय भएको बैठक प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले आजका लागि सारिएको थियो । तर बैठक स्थगित हुनुको कारण पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तता भनिएको थियो । आजको बैठकमा दुई जना नेता सहभागी हुनु हुने छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा रक्षामन्त्री चीन भ्रमणमा गएकाले सचिवालयका ७ सदस्यको उपस्थितिमा बैठक हुनेछ । सचिवलायको बैठक पछिल्लो समय लगातार जस्तो बस्दै आए पनि पार्टीका विभिन्न निकाय र तहको एकताको प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।