


नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री,मोडल,भिजे,आरजे निशा अधिकारी आमा बन्ने भएकी छिन्। यसै बर्ष क्रिकेटर शरद भेषवाकर र निशा विवाह बन्धनमा बाधिएका हुन्। आफ्नो फेसबुक पेजमा स्टट्यास लेख्दै निशाले आफू गर्भवती भएको कुरा सार्वजानिक गरेकी छिन्।
नयाँ बर्ष २०१८ को अवसरमा आफ्ना प्रसंशक,आफन्त र साथीभाईसँग आफू पाँच महिनाको गर्भवती भएको सार्वजानिक गरेर खुशी साटेकी छिन्। निशाले लेखेकी छिन्- ‘जुन दिनदेखी गर्भमा बच्चा बस्यो,त्यहि दिनदेखी म आमा भइसके।’ सन् २०१३ मा निशाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण समेत गरेकी थिइन्।