

काठमाडौँ, ७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक भोलिसम्मका लागि सरेको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको आज दिउँसो बस्ने गरी तय भएको बैठक भोलि बिहानका लागि सरेको हो ।
सचिवालय स्रोतकाअनुसार भोलि बिहान ११ बजेका लागि बैठक सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बोलाइएको बैठक ३ बजेपछि स्थगित भएको हो । बैठकमा पार्टीका विभिन्न निकाय तथा तहको एकीकरण, नेताहरुको जिम्मेवारी विभाजन, पार्टी र सरकार सञ्चालनसहितका एजेण्डामा छलफल हुने बताइएको छ ।