साफ यू-२० सेमिफाइनलमा नेपाल-बंगलादेश भिड्दै

साफ यू-२० सेमिफाइनलमा नेपाल-बंगलादेश भिड्दै

काठमाडौं । नेपाल यू-२० फुटबल टोली ले बंगलादेश यू-२० फुटबल टोली सँग साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ। दुवै टोली फाइनलमा स्थान बनाउन जितका लागि मैदान उत्रिनेछन्।

साफ यू-२० मा नेपाल र बंगलादेशबीच यो चौथोपटक भेट हुन लागेको हो। यसअघि सन् २०२२ मा भएको पहिलो संस्करणमा नेपाल १-० ले पराजित भएको थियो भने सन् २०२४ को फाइनलमा ४-१ को हार बेहोरेको थियो। यद्यपि, सोही प्रतियोगिताको समूह चरणमा भने नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो।

यी दुईबीचको खेल राष्ट्रिय फुटबल रंगशाला माले मा नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ।

नेपाल समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। समूह चरणमा तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको नेपालले भुटानलाई २-१, श्रीलंकालाई १-० र माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो।

बंगलादेश भने समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। उसले पाकिस्तानलाई २-० ले हराउँदा भारतसँग १-१ को बराबरी खेलेको थियो।