उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं, ६ कार्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तराष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन उहाँ चीन प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन र्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो । भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।