

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक बसेको यो दोस्रोपटक हो।
गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।
पार्टी कार्यालय च्यासलमा जारी आजको बैठकमा आगामी राजनीतिक कार्यक्रम तथा रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्। साथै संसदीय दलको नेता चयनको विषय पनि बैठकको एजेन्डामा रहेको बताइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा जुटेको छ।