इरानमाथि आक्रमण १० दिन स्थगित : ट्रम्प

इरानमाथि आक्रमण १० दिन स्थगित : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका ऊर्जा प्रतिष्ठानमा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गरिएको बताएका छन्।

उनले सामाजिक सञ्जाल Truth Social मार्फत यस्तो जानकारी दिँदै उक्त निर्णय इरानको अनुरोधमा गरिएको र नयाँ समयसीमा अप्रिल ६ सम्म तोकिएको उल्लेख गरेका छन्।

यो एक हप्ताभित्र ट्रम्पले आक्रमण स्थगन गरेको दोस्रो पटक हो। यसअघि पनि उनले एक हप्तासम्म आक्रमण नगर्ने घोषणा गरेका थिए, जसको समयसीमा शुक्रबार सकिएको थियो।ट्रम्पका अनुसार अब अप्रिल ६ राति ८ बजे (अमेरिकी समय) सम्म इरानका ऊर्जा प्लान्टहरूमा कुनै आक्रमण गरिने छैन।

उनले अमेरिका र इरानबीच जारी वार्तालाई निरन्तरता दिन यस्तो निर्णय गरिएको बताएका छन्। साथै, दुई देशबीचको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी पनि गरेका छन्।

यस निर्णयलाई कूटनीतिक समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

उता बेन्जामिन नेतन्याहु नेतृत्वको इजरायल भने अमेरिका–इरानबीच सम्भावित सम्झौताका कारण दबाबमा परेको विश्लेषण गरिएको छ।