सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आफ्नो पार्टीले सरकारलाई रचनात्मक तथा आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन्।

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू प्रतिपक्षमै रहने स्पष्ट पारे।

“हामी प्रतिपक्षमा रहन्छौँ, यही म्यान्डेट पाएका छौँ। तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,” उनले भने, “प्रतिपक्ष भनेपछि सधैँ विरोध मात्रै गर्ने होइन, राम्रो काममा पूर्ण समर्थन गर्छौँ।”

यसपटकको संसद्मा धेरै नयाँ अनुहार आएको उल्लेख गर्दै उनले आफूलाई पनि सिक्ने अवसरका रूपमा लिएको बताए।

“नयाँ छौँ, सिक्नुपर्ने धेरै छ। पहिले प्रश्न गर्ने ठाउँमा थियौँ, अहिले जवाफ दिने ठाउँमा आइपुगेका छौँ। उत्साहभन्दा जिम्मेवारी बोध बढी छ,” उनले भने।