बुटवलसहित लुम्बिनीमा ठूलो हावाहुरी, दिउँसै अँध्यारो

बुटवलसहित लुम्बिनीमा ठूलो हावाहुरी, दिउँसै अँध्यारो

रूपन्देही । बुटवल सहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ठूलो हावाहुरी चलेको छ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै दाङबाँके लगायतका जिल्लामा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको थियो।

हाल बुटवलसहित पश्चिम क्षेत्रका विभिन्न स्थानमा तीव्र हावाहुरी चल्दा दिउँसै अँध्यारो भएको छ। हल्का वर्षासँगै आएको हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ।

यस अवस्थाले रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।