सुनको भाउमा ठूलो गिरावट, तोलामा ७,८०० रुपैयाँ घट्यो

सुनको भाउमा ठूलो गिरावट, तोलामा ७,८०० रुपैयाँ घट्यो

काठमाडौं । शुक्रबार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ८९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो।

महासंघका अनुसार गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

हालको मूल्य अनुसार सुनको भाउ रेकर्ड स्तरबाट झण्डै ४५ हजार रुपैयाँले घटिसकेको छ।