गन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव आउने, विश्वप्रकाश शर्माको संकेत

गन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव आउने, विश्वप्रकाश शर्माको संकेत

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत हुने बताएका छन्।सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिने जानकारी दिएका हुन्।

उनका अनुसार सभापति थापाले पार्टीको पराजयप्रति नैतिक जिम्मेवारी लिनु सकारात्मक कदम भए पनि वर्तमान परिस्थितिलाई सम्हाल्नु नै सभापतिको मुख्य दायित्व हो। शर्माले लेखेका छन्, “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर यतिबेलाको प्रमुख दायित्व स्थिति सम्हाल्नु हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ।”

यसैबीच, सभापति थापाले आफ्नो राजीनामा पत्र उपसभापति शर्मालाई बुझाइसकेको बताइएको छ।