आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनकाे अन्तिम प्रतिवेदन

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनकाे अन्तिम प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बिहीबार रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। प्रतिवेदन बुझाइएसँगै नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने बाटो खुलेको छ।

शीतल निवास मा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समग्र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले जटिल राजनीतिक परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले निर्वाचन आयोग, कर्मचारी तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै उक्त निर्वाचनले लोकतन्त्रलाई थप मजबुत बनाएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, “फागुन २१ को निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गरेर आयोगले ठूलो जिम्मेवारी पूरा गरेको छ। यसले निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास बढाएको छ र हाम्रो लोकतन्त्र अझ सुदृढ भएको महसुस गरेको छु।”