रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।

यसअघि आइतबार सुनुवाइ हुन नसकेपछि अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि पेश गरेको थियो। न्यायाधीशद्वय सारङ्गा सुवेदीसुनिलकुमार पोखरेल को संयुक्त इजलासले उक्त निर्णय गरेका थिए।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्लश्रीकान्त पौडेल को संयुक्त इजलासले रिटलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएको थियो।

सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठीआभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।