दुबईमा ड्रोन आक्रमणपछि विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी

दुबईमा ड्रोन आक्रमणपछि विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी

काठमाडौं । दुबई मा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ।

दुबई मिडिया अफिस का अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको हो।

घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको रोयटर्स ले जनाएको छ। अधिकारीहरूका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।त्यस्तै Sharjah 24 का अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा ड्रोन खसेका थिए।

फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीच सुरु भएको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको जनाइएको छ।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग तथा सैन्य अड्डासँगै तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन्।सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्स मा यस्ता आक्रमणको प्रभाव बढी परेको बताइएको छ।

यद्यपि खाडी क्षेत्रका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती देशहरूले इरानको आलोचना गरेका छन्।