जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले जानकारी दिए।

उनका अनुसार २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

जेनजी आन्दोलनबारे गठित आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो।

उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको जनाइएको छ।

यस प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने भन्दै विभिन्न पक्षबाट दबाब बढिरहेको छ।