काठमाडौं, ४ कार्तिक । मुलुकको नयाँ संरचनाअनुसार नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिदैछ । विधानको मस्यौदा बनाउन गठन भएको समितिले वडा स्तरीय कार्यसमितिमा रहने सदस्यको संख्या टुङ्ग्याएको छ ।
पार्टी मुख्यालयमा हिजो बसेको समितिको बैठकले महानगरपालिकाको वडा कार्यसमिति ४१ सदस्यीय, उपमहानगरको ४०, गाउँपालिकाको ३१ सदस्यीय रहने प्रावधान राखेको छ । क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रतिनिधि भने गाउँपालिकाको वडाबाट १५, नगरपालिकाबाट १६, उपमहानगरबाट १७ र महानगरपालिकाको वडाबाट १८ जना चयन हुने व्यवस्था राखिएको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि क्रियाशील सदस्य मात्र मतदाता रहेन प्रावधान राखिएको छ ।