

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम सार्वजनिक गरेको छ।
पार्टीका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन्।
श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खसआर्य महिलातर्फ अम्बिकादेवी संग्रौला, दलित महिलातर्फ राधिका रम्तेल र मधेशी महिलातर्फ रुवीकुमारी ठाकुरको नाम बुझाएको जनाएको छ।
उक्त पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ ३ सीट जितेको छ।