

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन्।
केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन्। ओलीका बुबा मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन्।