

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
उनका अनुसार खासआर्य समूहबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।
उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने प्रवक्ता झाले जानकारी दिए।
यी क्लस्टरबाट को–को व्यक्ति परे भन्नेबारे भने रास्वपाले हालसम्म सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्रै अन्तिम नाम सार्वजनिक हुने प्रवक्ता झाले बताए।