इरान–अमेरिका तनाव बढेपछि मध्यपूर्वका १४ देश छाड्न अमेरिकी नागरिकलाई अपिल

इरान–अमेरिका तनाव बढेपछि मध्यपूर्वका १४ देश छाड्न अमेरिकी नागरिकलाई अपिल

काठमाडौं । संयुक्त राज्य अमेरिका ले इरान ले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ।

बीबीसी का अनुसार अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकहरूलाई तत्काल इराक छाड्न आग्रह गरेको छ।

यसअघि बगदादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो। इरान समर्थित लडाकु समूहबाट उत्पन्न गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै दूतावासले इराकमा बसिरहेका अमेरिकी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको जनाएको छ।

त्यस्तै रोयटर्सका अनुसार अमेरिकाले ओमान बाट गैर–आपत्कालीन सरकारी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई पनि बाहिरिन आदेश दिएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अमेरिकाले आफ्ना नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताइएको छ।