

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (शनिबार) बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सारिएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार सचिवालय बैठक चैत १ गते आइतबार राखिएको हो।
बैठक आइतबार बिहान १० बजे काठमाडौँको वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उनले जानकारी दिए। उनका अनुसार बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस तथा अन्य समसामयिक विषयहरू रहनेछन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको बताइएको छ। यससँगै पार्टी एक्लै सरकार गठन गर्ने स्थितिमा पुगेको दाबी गरिएको छ।