-ज्योतिष वाणी-
मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीहरुको सहयोग मिल्नेछ । अर्थ लाभ हुने योग छ । यात्रा गर्न पर्ने समय छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
वृष राशिः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अर्थ लाभको समय छ । कार्य सिद्धि हुनुकासाथै घर परिवारबाट सुख मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शत्रुबाट सतर्क रहनुहोला । कार्य नाशको बेला भएकोले सचेत हुनु रामे हुन्छ । अर्थ वृद्धिसंगै नाश हुने योग छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अर्थ वृद्धि हुनेछ । व्यवसायमा लाभ हुनुका साथै यात्राको योग रहेको छ । आलस्य र थकानको अनुभूति हुनेछ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्नेछ । कार्य सिद्धि हुनुकासाथै आजको दिन रमाइलोसंग बित्ने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कन्या राशिः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सिद्धि हुनेछ । अर्थ लाभ हुनुका साथै पारिवारिक सुख मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
तुला राशिः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परायासंग सतर्क रहनुहोला । रोग बढ्नुका साथै खर्च बढ्ने योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अर्थ वृद्धिको योग छ । कार्य सिद्धि हुनुकासाथै सामाजिक काममा रुचि बढ्ने योग छ । गरेका काममा ढिलासुस्ती हुनेछ । भूल नगर्नुहाेला अपमानित बन्नुपर्ला ।
धनु राशिः (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अर्थ सम्पत्तिमा वृद्धि हुने योग छ । श्रीवृद्धिका साथै सुखमय आनन्दीत मनकासाथ दिन बित्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।
मकर राशिः (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काममा चुनौतीहरु आउनेछन् तर जीत तपाईंकै हुनेछ । साथीसंगीबाट राम्रो साथ मिल्नेछ । ज्ञानकाकुरामा रुचि जाग्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सिर्जनशिल काममा रुची जानेछ । आम्दानीमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्नेछ । भौतिक साधन जुटाउने समय छ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खर्च बढ्ने योग छ । कार्य नाशको समय छ सतर्क रहनुहोला । साथीसंगीबाट पनि भय रहनेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।